'World Top 10 Fashion Brand || विश्वका १० मुल्यवान फेशन ब्रान्ड'

'World Top 10 Fashion Brand || विश्वका १० मुल्यवान फेशन ब्रान्ड'
04:23 May 10, 2021
'विश्वका १० मुल्यवान फेशन ब्रान्ड  फेसन ब्रान्डहरुले उच्च क्वालिटिको कपडाहरु र फेसन सामग्रीहरु उत्पादन गरेर मानिसहरुलाई उपलब्ध गराँउछन् । यि धेरै नै विलासि कपडाहरुले त्यसलाई पहिरिने मानिसहरुमा आत्मविश्वास बढाँउछ र उनीहरुलाई परिस्कृत देखाउँछ ।  हुन त विश्वमा हजारौं फेसन ब्रान्डहरु छन तर ती धेरैजसो फेसन ब्रान्डहरु यो क्षेत्रका ठुला नामहरुको छाँयामा परेका छन् । यदि तपाई पनि विश्वका टप टेन फेसन ब्रान्डको बारेमा थाहा पाउन चाहनुहून्छ भने आउनुहोु थाहा पाईराखौं कुन कुन छन् त विश्वका १० मुल्यवान सफल फेसनब्रान्ड  भर्साचे ः जियान्नी भर्साचेले सन् १९७८ मा यो फेसन ब्रान्डको सुरुवात गरेका थिए र यो ब्रान्ड विश्वव्यापि रुपमा फैलनभन्दा पहिले इटलिमा धेरै नै लोकप्रिय भयो । यसको मेसुडा लोगोमा कपडा, घडि, सेन्टहरु देखि होम फर्निसिङका सामानहरु पनि उत्पादन गर्छ ।  कोच ः यो फेसन ब्रान्डको स्थापना सन् १९४१ मा न्युयोर्कको एउटा वर्कसपमा भएको थियो जसले बिलफोल्ड र वालेटहरु उत्पादन गथ्यो । यो कम्पनिले ब्यागहरु, फुटवेयर, आउटवेयर र अन्य धेरै फेसन सामग्रीहरु उत्पादन गर्छ ।  क्रिस्टियन डियर ः क्रिस्टियन डियरको स्थापना सन् १९४७ मा डिजाइनर क्रिस्टियन डियरले पेरिसमा गरेको थिए । यो ब्रान्डले आफ्नो डेब्यु कलेक्सन सोही वर्ष गरेको थियो । डायरले अहिले धेरै फेसन सामग्रीहरु उत्पादन गर्छ ।  अर्मानी ः जर्जियो अर्मानीले यो कम्पनीको स्थापना सन् १९७५ मा गरेका थिए । यस कम्पनीले पुरुष र महिला दुवैका लागि उच्च गुणस्तरका कपडा, कस्मेटिक्स, चस्माहरु र छालाका सामग्रिहरु उत्पादन गर्छ । अर्मानीले दुवई र न्युयोर्कमा नाइटक्लब र बारहरु पनि सञ्चालन गर्छ ।  डोल्से एण्ड गब्बाना ः फेसन डिजाइनरद्धय डोमेन्सियो डोल्से र स्टेफानो गब्बानाले सन् १९८५ मा स्थापना गरेको यो कम्पनीले छिटो समयमै लोकप्रियता हासित ग¥यो । यसले डिजाईन युक्त स्विमिङ कस्टयुमहरु, अन्डरवेयरहरु, विभिन्न खालका कपडाहरु र पर्फयुमहरु उत्पादन गर्छ ।  प्राडा ः सन् १९१३ मा फेसन डिजाइनर मारियो प्राडाले स्थापना गरेको यो ब्रान्डले सुरुमा लगेजहरु र लेदरको सामानहरुको उत्पादन गथ्यो हाल यो एक प्रभावशाली फेसन ब्रान्ड बनेको छ ।  च्यानेल ः सुरुमा च्यानेलले कपडाहरु उत्पादन गथ्यो विस्तारै त्यसको लोकप्रियतासँगै कम्पनिले सन् १९८० को दशकमा अन्य ज्वेलरी, स्किन केयर र कस्मेटिक्सको क्षेत्रमा पनि हात हाल्यो र सफलता प्राप्त ग¥यो ।  हम्स ः व्यावसायी थियरी हम्सले सन् १८३७ मा स्थापना गरेका हम्सले धेरै नै लोकप्रियता हात पारेको छ । अहिले उसले कपडाहरु, घडि, ह्यान्डब्याग लगाएतका अन्य धेरै सामग्रीहरु उत्पादन गर्छ ।  गुची ः यो ब्रान्ड सन् १९२१ म इटालिमा एक लेदर सामान पाईने पसलको रुपमा स्थापना गरिएको थियो । पछि यसलाई रोम मिलान र फ्लोरेन्समा विस्तार गरियो । दोस्रो विश्वयुद्ध पछि यो ब्रान्ड विश्वव्यापि भयो र अहिले यस ब्रान्डको बारेमा थाहा नहुने मानिस सायद कमै होलान् ।  लुइज भुटोन ः लुइज भुटोनले सन् १९५४ मा सुरु गरेको यो ब्रान्ड फेसनको दुनिँयामा धेरै लोकप्रिय भयो कि सलाई विश्वकै सबैभन्दा सफल फेसन ब्रान्डको रुपमा लिइन्छ । भुटोनले कपडा, ज्वेलरी, चश्मा, घडि देखि किताबसम्म उत्पादन गर्छ जसको विश्वभरि ४ हजारभन्दा बढि एक्स्कुसिभ ब्रान्चहरु छन् ।  यी त थिए विश्व चर्चित १० फोसन ब्रान्ड यदि तपाईहरुलाई पनि यस भिडियो मनपरेको खण्डमा आफ्नो सामाजिक सञ्जालहरुमा सेयर गरिदिनहुनका साथै च्यानललाई सब्सक्राईब गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।' 

Tags: gucci , Versace , chanel , fashion brand , louis vuitton , coach , Hermes , prada , Dolce & Gabbana , armani , christian louboutin , Top 10 Nepali , world top 10 fashion brand , फेशन ब्रान्ड , विश्वका १० मुल्यवान फेशन ब्रान्ड , टप १० नेपाली

See also:

comments

Characters